सरकारले स्थापना गरेको कोषमा १५ करोड ३१ लाख जम्मा

सरकारले स्थापना गरेको कोषमा १५ करोड ३१ लाख जम्मा

काठमाडौं

  विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १५ करोड ३१ लाख रुपियाँ जम्मा भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार दिउँसो सम्म १५ करोड ३१ लाख  तीन हजार २ सय २२ रुपैयाँ जम्मा भएको जनाएको छ। सो कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न सङ्घसंस्थाबाट करिब २५ लाख रुपियाँ जम्मा छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपियाँ आउने क्रममा रहेको जानकारी प्रधानमन्त्री कार्यालयका प्रवक्ता  राजेन्द्र कुमार पौडेलले जानकारी दिए।  सरकारले गत आइतबार उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन्। चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि केन्द्रीय कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोषमा सरकारले ५० करोड रुपियाँ राख्ने छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एलसेल प्रालिले दस करोड रुपियाँ, कृषि विकास बैङ्कले एक करोड २५ लाख रुपियाँ, निर्माण व्यवसायी कोषले एक करोड रुपियाँ, भाटभटेनी सुपरमार्केटले एक करोड रुपियाँ, एनईबीएलले एक करोड, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले ५० लाख रुपियाँ उक्त कोषमा जम्मा गरेका छन्। सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले दुई लाख रुपियाँ जम्मा गरेको छ।

 

 

प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij