JanataToday.com

Advertisment

SKIP THIS

कोरोना राहतकोषमा सिद्धार्थ बैंकद्धारा १० लाख रुपैयां सहयोग

कोरोना राहतकोषमा सिद्धार्थ बैंकद्धारा १० लाख रुपैयां सहयोग

बुटवल

सिद्धार्थ बैंक लिमिटेड प्रदेश न ५ ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण विरुद्धको रोकथाम नियन्त्रण कोषमा सहयोग गरेको छ । शनिवार बैंकका प्रदेश ५ प्रमुख सुशिल नेपाल, बुटवल मिलनचोक शाखा प्रमुख चन्द्रदेव पौड्याल र भैरहवा शाखा प्रमुख जिवन घिमिरेले संयुक्त रुपमा मुख्यमन्त्रि शंकर पोख्रेललाई १० लाख रुपैयांको चेक प्रदान गरेका हुन् । रकम प्रदान गर्दै बैंकका प्रदेश प्रमुख नेपालले वित्तिय संस्था सेवाग्राही र सरकारप्रति उत्तरदायि रहेको भन्दै आपतकालीन अवस्थामा सक्दो सहयोगको प्रयास गरेको बताए ।
बैंकले गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्रि पोख्रेलले विपदका बेला सबैले सहयोग गरी संयमित भएर जिम्मेवार नागरिकको दायित्व पुरा गर्न आग्रह गरे । उनले लकडाउनको समयमा घरमै बसेर स्वास्थ्यको हेरचाह गर्न समेत सुझाए । हस्तानतरण कार्यक्रममा सत्तारुढ दल नेकपा प्रदेश ५ का सचेतक भुमिश्वर ढकाल, समाजसेवी शोभाकान्त पाण्डे लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij