काठमाण्डौ – औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ ।
नेपाल एअरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

चीनको ग्वान्झाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आइपुगेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभएको छ ।

जहाजले कोरोनोको उपचार लक्षित औषधि, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्