नेपाल लकडाउन भएको समयमा तिलोत्तमा नगरपालिकाले सर्वसाधारणलाई राहत होस भन्ने हेतुले विभिन्न योजना राहतको कार्यक्रम अघि बढाएको छ ।नगरपालिकाले कोरोना विरुद्ध लड्न सुरक्षित रहन र सचेतनाका लागि के कस्तो उपाय अपनाएको छ त ? तिलोत्तमा नगरपालिकाले उपप्रमुख जगेश्वरी देवी चौधरी संग फूलु सुनारले गरेको कुराकानी:
तिलोत्तमा नगरपालिकाले राहत बितरण व्यबस्थापन कसरी मिलाउनु भयो ?
अहिले विश्वमै महामारीकोरुपमा फैलिएको कोरोना भाइरसले गर्दा तिलोत्तमा नगरपालिकाले पनि लकडाउन गर्ने भन्ने निर्णय गरेका थियौ। हामिले निर्णय गरिसकेपछि सरकारले पनि निर्णय गर्यो ।हामीकहाँ काम गरेर खाने विपन्न परिवारका जनता धेरै हुनुहुन्छ ,लकडाउनमा बाहिर निस्कन मिलेन काम गर्न पाउनु भएन त्यसैले गर्दा यो समयमा दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएको थियो र अहिले काम गर्नपाउनुभएको छैन उहाँहरुको चुलो नजल्ने अबस्था आउछ भन्ने हिसाबले हामिले राहत बितरण गर्न पर्छ भन्ने सोच बनाएको थियौ । हामिले प्रत्येक वडामा सर्कुलर गर्यो ,हाम्रा १सय ८९ यटा टोल बिकास संस्थाहरु छन ।टोल बिकास सस्ंथाका अध्यक्षहरुले आफ्ना टोलमा रहेका दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवार जसलाइ ‘लकडाउन’ अवधिमा छाक टार्न समस्या खानाको लागी समस्या परेको छ अर्थात हाम्रो तिलोत्तमा नगरपालिकाका जनता कोहि पनि भोकै बस्न नपरोस भन्ने मनसायले छनोट गर्न लगायौ र उहाहरुले छनोट गरे बमोजिम हामिले राहत बितरण गर्यो। राहतमा हामिले प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन बितरण गरेका हौ । अहिले सम्म हामिले १सय ९५ क्वीन्टल चामल बितरण गरेको छौ सोहि अनुसार दाल र नुन बितरण गरेका हौ हामिले प्याक गरेर गाडिमा म आफै प्रत्येक वडामा गएर वडाका जनप्रतिनिधी ,टोल बिकास संस्थाहरु मिलेर बिपन्न परिवारका घर- घरमा राहत पु¥याएका छौ ।
तपाइ आफै राहत बितरण गर्न प्रत्येक वडामा पुग्नुभयो राहत बितरणलाइ जनताले कसरी लिइरहेका छन ?
उहाहरुले हामिले दिनभरि काम गरेर साझ किनेर खाने अबस्थाका हामिलाइ अहिले काम गर्न नपाउदा भोकै बस्ने अबस्थामा अहिले तिलोत्तमा नगरपालिकाको नगर सरकार नै हाम्रो घरदैलोमा आएको छ हामि अत्यन्तै खुसि छौ वास्तबमा सरकार हाम्रो घरमा भएको महसुस भएको छ भन्ने प्रतिक्रिया जनताको छ । उहाहरु अत्यन्त खुसि हुनुभएको छ ।अभिभावकत्व निर्भाह गर्न पाउदा हामिलाइ पनि खुसि लाएको छ।
पहिले चरणमा कति घरपरिवारलाइ राहत बितरण गर्नुभयो ?
हामिले यो राहत बितरण १९ सय घर परिवारलाइ बितरण गरेका हौ । अहिले पनी हाम्रो नगरमा कोहि त्यस्तो परिवार जसलाइ छाक टार्नै समस्या हुन सक्छ। कसैलाइ खान नपाउने अबस्था आइहाल्यो भने त्यस्तो अबस्थामा तुरुन्त दिन सकियोस भनेर नगरपालिकामा व्यबस्थापन गदाल चामल नुनकेहि स्ट्रकमा खाद्य सामाग्रि राखेका छौ ।
सरकारले लकडाउनको समय अबधी लम्बाएको छ,नगरपालिकाको राहतको थप योजना के के छ ?
पहिलो चरणमा हामि बिपन्न परिवारको घरघरमा पुगेर राहत बितरण गरिसकेका छौ भैपरिआउने समस्याको लागि केहि खाद्य सामाग्रि पनि स्ट्रकमा राखेका छौ ,अब हामिले विपतको विषम परिस्थीतिमा धेरै ब्यक्तिहरु राहतमा सहयोग गर्न आतुर हुनुहुन्छ अब दास्रो चरणमा तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोष पनी स्थापना गरेका छौ ।सहयोग गर्न इच्छुक महानुभावलाइ हामिले आह्वान गरेको अबस्था छ , सहयोग आउने क्रम पनि जारि छ ,केहि यस्ता सहयोगि हुनुहुन्छकि जसले जिन्सी सामाग्रि चामल दाल लगायत सहयोग गर्न खोज्नुभएको छ त्यसैले अब सहयोग गर्न चाहने ब्यक्ति र संघसंस्थाहरुलाइ पनि सहयोगको आह्वान गरेर थप राहतक बितरण गर्ने योजनामा रहेका छौ ।
तिलोत्तमा नगरपालिकाले कोरोना विरुद्ध जनचेतनाको काम कसरि गर्दै हुनुहुन्छ ?
हाम्रो नगरपालिकाले कोरोना विरुद्ध जनचेतनाका लागि स्थानिय बिभिन्न मिडियामार्फत सुचनामुलक सन्देश दिइरहेका छौ ।प्रत्योक वडा मा जनप्रतिनिधी परिचालित हुनुभएको छ प्रत्यक दिन हामिले मिडिया मार्फत पनि सन्देश दिइरहेका छौ ,नगरपालिकाको आफ्नै गाडिमा हरेक वडाको टोलटोलमा पुगेर अतिआश्यक बाहेक घरबाहिर ननिस्कन ,साबुन पानिले हात धुन भनिरहेका छौ हामिले सुचना दिइरहेका छौ ।
तिलोत्तमा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बिरामि कति छन ?बिरामिको अबस्था कस्तो छ?
तिलोत्तमा नगरपालिकामा वडा नं. १ स्थित शँकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेका छौ । जहाँअहिले सम्म २९ जना रहनु भएको मध्य १ जनालाइ हामिले बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा पठाएका छौ अहिले २८ जना क्वारेन्टाइन मा रहनुभएको छ,होम क्वारेन्टाइन मा पनि हाम्र स्वास्थकर्मीसाथिहरु निरन्तर खट्नुभएको छ । कोहि विदेश बाट आउनुभएको छ भने तुरन्त सुचना दिनुहोस भनेर हामिले आह्वान पनि गरेका छौ यसका लागि टोल बिकास सस्ंथाहरुलाइ परिचालन गरेका छौ।सुचना पाउन साथ स्वास्थ्यकर्मी साथिहरु त्यहाँ पुगेर गतिबिधि बुझेर कतिपय ठाउमा घरमानै छुट्टै बस्ने ब्यबस्था भएको खण्डमा सल्लाह सुझाव दिएर छुट्टै कोठामा राखेर स्वास्थकर्मिको निगरानिमा होम क्वारेन्टाइनमा राखेको अबस्था छ।हामिकहाँ क्वारेन्टाइन रहुभएका बिरामिसंग निरन्तर स्वास्थ्यर्किर्महरु रहनुभएको छ ।उहाहरुलाइ बेड खाना बस्न लगाएत सबै ब्यबस्था हामिले मिलाएका छौ ।
लकडाउनमा बिहान र साझ सर्बसाधरण किनमेलको लागि निस्कने गरेको पाइएको छ तपाइहरुले यसलाइ कसरि ब्यबस्थापन गनुभएको छ ?
यो कुरा हामिले पनि महसुस गरेका छौ, अझैपनि जनता सचेत भैनसकेको अबस्था छ ।पहिलेको अबस्थामा नेपाल बन्द चक्का जाम ५ बजे पछि खुल्छ भन्ने एक खालको सोचाइ पनि रहेको छ लकडाउन भनेको दिनभर बन्द हुने साझ ५ बजे पछि खुल्छ भन्ने जनतामा एक खालको बुझाइ पनि छ ।त्यसैलै गर्दा ५ बजे पछि भिडभाड भएको हामिले पनि देखेका छौ ,अहिले हामि लकडाउनको अबस्थामा पनि नगर प्रमुख,उप-प्रमुख ,नगर प्रवक्ता ,वडा अध्यक्षहरु निरन्तर रुपमा यसका लागि लागिरहेका छौ ,अनुगमन पनि गरेका छौ, अब तिलोत्तमा नगरपालिकालेआज(सोमबार ) देखि बिहान र साझ पसलहरु खोल्न नपाउने भनेर निर्णय गरेका छौ, बिहान र साझ भिड भएकोले समय परिबर्तन गर्नपर्छ भन्ने अभिप्रायले दुधको लागि बिहान ६ बजे देखि ८ बजे सम्म दिउसो ३ बजे देखि ५ बजे सम्म बिक्रि बितरण गर्ने समय निर्धारण गरिएको छ भने त्यो बाहेक अन्य अति आवश्यक खाद्यन्नको लागि भिड नगरिकन सामाग्रि लिन बिहान ११ बजे देखि २ बजे सम्म खोल्ने नगरपालिकाले आज देखि लागुहुने गरि निर्णय गरेका छौ यसरि नै व्यबस्थापन गरेका छौ ।
अन्त्यमा
विश्वव्यापि रुपमा फैलिएको कोभिड–१९ ले जनतामा संत्रास फैलिएको अबस्था छ।जसरी सरकारले लकडाउन गरेको छ,नियम हरु लगाएको छ त्यो नियमहरुलाइ आम जनताले पालना गर्नुपर्छ ,अहिलेको बिषम परिस्थितिमा आफु बच्ने अरुलाइ पनि बचाउने गरि हामि अगाडि बढ्नुपर्छ, म के अनुरोध गर्न चाहान्छु भने यो परिस्थीतिमा नाफा घाटाको हिसाब गर्ने होइन,हुनेखानेले हुदा खानेलाइ सहयोग गर्ने बेला भएकाले यो अबस्थामा आम नागरिकले सहयोग गर्नुपर्छ।हामि यो कोरोना भाइरस संगको लडाइमा लडिरहेको अबस्थामा स्वयम आफै संयमता अपनाउ ,हाम्रो देश नेपाल पहिचान दिन सकु नेपालमा त्यति संक्रमित भएन भन्ने पहिचान दिलाउन सकौ आम जनताको यसमा सहयोग रहयो भने संयमता अपनायौ भने नियम पालना गरयौ भने हामिले देशको पहिचान दिन सक्छौ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्