कञ्चनको वडा नं. ४ मा अनुगमन

कञ्चनको वडा नं. ४ मा अनुगमन

 

कञ्चन- बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न गरिएको लकडाउनको अवज्ञा गर्दै समूहमा बस्ने र जुवातास खेल्नेहरुलाई नियन्त्रण गर्न कञ्चन गाउपालिका वार्ड नं. ४ ले आफ्नो वडामा अनुगमन गरेको छ।

क्ञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको नेतृत्वमा गरिएको अनुगमनमा वडा नं. ४ का जनप्रतिनीधि,इलाका प्रहरी कार्यलय,रुद्रपुरका सुरक्षाटोली र स्थानिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । अनुगमनमा सिद्धार्थटोल स्थित भैसेलीटोल,जसेखर्कटोलमा समूहमा बसी जुवातास खेल्ने जुवाडेहरुलाई नियन्त्रणमा लिई महामारी फैलिरहेको अवस्थामा समूह नबस्न सुझाव दिदै जुवातास जस्ता अबैध कार्यहरु नगर्न समेत आग्रह गरिएको थियो ।

कञ्चन ४ को सिद्धार्थटोल, एकताचौक, बिरेन्द्रचौक, अस्नैया, कञ्चनटोल, प्रगतीटोल, छपालीटोल,बागेश्वरी,क्षेत्रीटोल,सुनगाभाचौक,पुर्तिघाट बजार,बेलडाडा,जप्ती हुदै दियो बजारको अननुगमन गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij