बुटवल ।
बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन् ।
मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै परिवारले बाबुरामको शव नउठाएका हुन् । पाल्पा रिब्दिकोट गाउँपालिका–६ मा स्थायी घर भएका थापाको परिवार सैनामैना नगरपालिका वडा नंं ४ सिसौडाँडामा कोठा भाडामा बस्दै आएका थिए ।
गत ६ चैतमा दुबईबाट नेपाल आएका उनलाई हल्का ज्वरो देखिएको थियो । ५ बर्षपछि घर आएका उनी चैत १३ गते अटो रिक्सा रिजर्भ गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो जाँचका लागि आएका थिए । तर, त्यहाँ उपचारमा खटिएका स्वास्थ्यकर्मीले आइसोलेसनमा राखेर उपचार गर्ने भन्दै धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा पठाएका थिए । तर, तीन दिनपछि गत आइतबार दिउँसो उनको मृत्यु भएको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्