इप्रका रन्यौराद्धारा मृतक बाबुरामको परिवार सँग भेटघाट

इप्रका रन्यौराद्धारा मृतक बाबुरामको परिवार सँग भेटघाट

सैनामैना ।

इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) ले मृतक बाबुराम थापा क्षेत्रीको परिवार सँग भेटघाट गर्दै आवश्यक खाद्यन्न उपलब्ध गराएको छ ।

इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख मनोज कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले बुटवलको कोरोना अस्थायी अस्पतालमा आइतबार मृत्यु भएका क्षेत्रीको परिवारसँग भेटघाट गर्दै आवश्यक खाद्यन्न उपलब्ध गराएको हो ।

सैनामैना वडा नं. ४ सिसाँैडाडा स्थित भाडामा बस्दै आएका क्षेत्रीको परिवार सँग प्रमुख श्रेष्ठले प्रहरी सुख दुखको साथी भएको उल्लेख गर्दै आवश्यक परेको खण्डमा आफुहरु सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।

पाल्पाको रिब्दीकोट गाउँपालिका स्थायी घर भई रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राती दुबईबाट सिसौडांडा स्थित भाडामा बस्दै आएको घरमा आएका थिए ।

दुबईबाट आउंदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आईसकेपछि पनि मेडिकल स्वास्थ्यचौकी हुंदै चैत्र १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए । आइतबार मृत्यु भएका क्षेत्रीको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । श्रीमती र दुई छोरा सिसौँडाडामा बस्दै आएका थिए ।

 

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij