लायन्स क्लवद्वारा सुकुम्बारी बस्तीका विपन्न परिवारलाई खाद्यान्न वितरण

लायन्स क्लवद्वारा सुकुम्बारी बस्तीका विपन्न परिवारलाई खाद्यान्न वितरण

 

बुटवल- बुटवलमा कृयाशिल बिभिन्न लायन्स क्लवको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ सुकुम्बासी टोलमा राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामकालागि सरकारले कलडाउन गरेपछि दैनिक ज्यालादारी गरि खानेवर्गलाई लक्षित गरेर खाद्यान्न वितरण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र डिष्ट्रिक्ट को चिफ एड्भाईजर सुनिता श्रेष्ठको नेतृत्वमा लायन्स क्लव अफ सयपत्री, लायन्स क्लव अफ बुटवल स्टार, लायन्स क्लव अफ रुपन्देही, लायन्स क्लव अफ बुटवल सनसाईन, लायन्स क्लव अफ बुटवल खस्यौली, बुटवल माध्यमिक बिद्यालय भूपू बिद्यार्थी मञ्चका उपाध्यक्ष बासुदेव लामिछानेको सहकार्यमा त्यस क्षेत्रका एकसय घरलाई खाद्यान्न वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गरि खाने मजदुर वर्ग लकडाउनका कारण काम बिहिन भएकै कारण साँझ बिहान गास बिहिन बस्नु नपरोस भन्ने उद्देश्यले लायन्स क्लवहरुले सहकार्य गरेर खाद्यान्न वितरण गरिएको लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो ।

लायन्स क्लवहरुको सहकार्यमा संकलित खाद्यान्न तिलोत्तमा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टंकप्रसाद तिवारीलाई एकमुष्ट रुपमा हस्तान्तरण गरिएको थियो भने वडा अध्यक्ष तिवारीले लक्षित वर्गलाई वितरण गर्नुभएको हो । वडा अध्यक्ष तिवारीले सिंगो मुलुक लकडाउन हुँदा पनि लायन्स क्लवहरुले सहकार्य गरेर विपन्न मजदुर वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताउनु भयो ।

त्यस अवसरमा उनीहरुलाई चामल, तेल, नुन र दाल प्रदान गरिएको थियो । त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपांग आश्रमलाई पनि तेल र दाल प्रदान गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij