समाजवादीले भन्यो: कोरोना अस्पतालको मृत्यु सरकारको लापरवाहीले

समाजवादीले भन्यो: कोरोना अस्पतालको मृत्यु सरकारको लापरवाहीले

बुटवल ।

बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ३४ वर्षिय बाबुराम थापाको मृत्युलाई समाजवादी पार्टी प्रदेश ५ ले सरकारको लापरवाहीका कारण भएको ठहर गरेको छ । ‘कोरोना विशेष’ नामाकरण गरिएको अस्पतालमा आवश्यक उपचार सामग्रीको उचित व्यवस्था नहुंदा विरामीले राम्ररी उपचार नपाई ज्यान गुमाउनुपरेको पार्टीको प्रदेश समितिले पे्रस विज्ञप्तिमार्फत जनाएको छ । ‘अस्पतालमा भेन्टिलेटर अभाव र समयमै विरामीको नमूना परीक्षण नगर्दा रोग पत्ता नलागी विरामीको अकालमा ज्यान गएको छ’–पार्टीका प्रदेश अध्यक्ष अशोक यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुटवलको कोरोना विशेष नामाकरण गरी धागो कारखाना भवनमा बनाइएको आइसोलेसन वार्डमा चैत १३ गते भर्ना भएका ज्वरोका विरामी रुपन्देही सैनामैनाका थापाको चार दिनपछि चैत १६ गते दिउसो १ बजे मृत्यु भएको थियो ।

कोरोनाको भयले प्रदेशका निजी अस्पताल,मेडिकल कलेज र मेडिकल हलहरु बन्द हुंदा अन्य रोग लागेका विरामीले समेत उपचार सेवा नपाएको अवस्थामा पनि सरकारको ध्यान नगएको भन्दै सो पार्टीले तत्काल अनुगमन गरी सेवा सुचारु नगरे कारवाही गर्न माग गरेको छ ।

सरकार एक्लै हिंड्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संभावित जोखिमका कारण देशव्यापी लकडाउन भएको कठिन अवस्थामा पनि सरकार एक्लै अघि बढेको भन्दै समाजवादी पार्टीले कोरोना विरुद्धका कार्यमा सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाएर काम गर्न सरकारसंग माग गरेको छ । समितिमा सरकार, प्रदेश सभामा रहेका पांच वटै दल, निजी क्षेत्र, स्वास्थ्यकर्मी, मानवअधिकारकर्मी,सञ्चारकर्मीको सहभागिता हुनुपर्ने समाजवादीको माग छ । ‘कोभिड–१९ संक्रमणको आपतकालीन अवस्थामा उच्च सतर्कता अपनाउन प्रदेश सञ्चित कोषबाट कोरोना प्रतिरोधका लागि रकम खर्च गर्न, १२ वटै जिल्लाको सूचना संकलन,विश्लेषण र रणनीति बनाउन,अनुगमन गर्न, व्यवस्थापनमा देखिएको फितलोपन अन्त्य गर्न,खर्च व्यवस्थापन पारदर्शि बनाउन सर्वपक्षीय प्रदेशस्तरीय समिति बनाउनुपर्छ’–समाजवादीले भनेको छ ।

स्वास्थ्यकर्मीलाई ५० लाखको वीमा माग

समाजवादी पार्टीले कोभिड–१९ को संभावित जोखिमको अवस्थामा उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीका लागि ५० लाखको वीमा र तलब स्केल बराबरको भत्ताको व्यवस्था सहित प्याकेज ल्याउन पनि प्रदेश सरकारसंग माग गरेको छ ।

सो पार्टीले कोरोनाको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन र उनीहरुलाई प्रोत्साहन दिन पनि सबैसंग आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij