भारतीय तरकारी प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाको आग्रह

भारतीय तरकारी प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाको आग्रह

 

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ ।

कोभिड१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतबाट आयात हुने तरकारी तथा फलफूल प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाले आग्रह गरेको हो ।
लकडाउनका अवधिमा पनि बुटवल र भैरहवाका थोक तरकारी बजारमा अधिकांश तरकारी र फलफूल भारतका विभिन्न प्रदेशबाट आयात हुने गरेको छ ।

भारतबाट आयात हुने तरकारी र फलफूलबाट कोरोना संक्रमण फैलिन नसक्ने विश्वस्त आधार नदेखिएकाले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरिद, बिक्री(वितरण तथा उपभोग नगर्न सार्वजनिक सूचना जारी गरेर नगरवासीलाई अनुरोध गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

भारतबाट तरकारी र फलफूलका ट्रक भारतीय चालक र सहचालकले नै ल्याउने र यहाँका तरकारी थोक बजारका व्यवसायी र कामदार समेत कैयौं भारतीय नागरिक नै भएकाले कोरोनाको जोखिम हुने भन्दै नगरपालिकाले हालको विषम् परिस्थितिमा स्वदेशमैं उत्पादित तरकारी, फलफूललगायतका कृषिउपज प्रयोग गर्न नगरवासीलाई अनुरोध गरेको छ ।

स्वदेशमैं उत्पादित कृषिउपज भिडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, बिक्री(वितरण गर्नु नगरपालिकाले सबैलाई सूचित गरेको सूचनामा उल्लेख छ ।

तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ ।

यस्तै दूधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ ।

नगरवासीले स्थानीय स्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।

कतिपय स्थानीय तहका किसानले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला दूध पोखेर गलत काम गरेको भन्दै नगरभित्रका पशुपालक किसानलाई उत्पादित दूध त्यसरी नपोख्न र खपतमा समस्या भए नगरपालिकामा जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij