कांग्रेस प्रदेश सभा क्षेत्रीय समितिद्धारा बाबुराम मृत्युु प्रकरण बारे छानबिन गरि सार्वजनिक गर्न माग

कांग्रेस प्रदेश सभा क्षेत्रीय समितिद्धारा बाबुराम मृत्युु प्रकरण बारे छानबिन गरि सार्वजनिक गर्न माग

बुटवल।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति रूपन्देही क्षेत्र नं २  (१) ले यही चैत १३ गते सामान्य ज्वरो आएर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गएका रूपन्देही सैनामैनाका बाबुराम थापालाई बुटवल धागो कारखानामाा पठाइएको र कोरोनाको आशंकामा स्वास्थ्यकर्मीहरूले उपचार नगरेको र चैत १६ गते मृत्युु भएको तर उनको रिपोर्ट नेगेटिभ आएकोले उनको मृत्युुको कारणबारे छानबिन गरि सार्वजनिक गर्न माग गरेको छ समितिका सभापति माधवलाल देवकोटाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरि बुटवल स्थित कोरोना बिशेष अस्पतालमा भएको बिरामीको मृत्युको कारण सार्वजनिक गर्न र मृतकका परिवारको राहत उपलब्ध गराउन माग गरेकोे छ ।
मृतकको शव अझैसम्म पनि उठन नसकेको भन्दै विज्ञप्तिमा मृतकका परिवारको भरणपोषण र राहतको व्यवस्था गरि शव उठाउने वातावरण बनाउन माग गरिएको छ ।
कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भएको अवस्थामा दलिय स्वार्थ भन्दा माथि उठेर कोरोना बिरूद्व जनचेतना जगाउने कार्यमा लाग्न पनि विज्ञप्तिमा भनिएको छ

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij