काठमाडौं ।सरकारले पछिल्लो समय कोरोना भाइरस संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुंगमा ठूलो संख्यामा कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।शनिवार बसेको मन्त्रिपरिषदको बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएका र उनीहरुबाट अरुमा सर्ने जोखिम बढि रहेकाले सम्भावित सबैको द्रुत कोरोना परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।ती जिल्लामा कोरोना परीक्षण गर्न पहिले र्यापिड टेस्ट गर्ने र त्यसमा पोजेटिभ देखिएकाहरुको पुनः परीक्षण गरिने मन्त्री खतिवडाले बताए । त्यस्तै सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन हरेक प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको छ ।सरकारको नयाँ निर्णय अनुसार लकडाउनमा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा मानिसको प्रवेशमा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ ।त्यस्तै सरकारले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति दिलाएको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री खतिवडाले स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रोत्साहन भत्ता, बीमाका साथै सुरक्षा कवच उपलब्ध गराउने र सुरक्षाको व्यवस्था मिलाउने बताए ।
प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्