समाजसेबी बुद्धीराम बेलदारद्धारा बिपन्न परिवारलाई खाद्यान्न बितरण

समाजसेबी बुद्धीराम बेलदारद्धारा बिपन्न परिवारलाई खाद्यान्न बितरण

 

कञ्चन –रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ का एक समाजसेविले आफ्नो वडाका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउनु भएको छ। कञ्चन ४, निवासी बुद्धीराम बेलदारले लकडाउनको समयमा ज्यालामजदुरी गर्न नपाई दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारलाई राहात स्वरुप आफ्ना वडाका बिपन्न घरपरिवारलाई राहात स्वरुप खाध्यान्न उपलब्ध गराउनु भएको हो।

वडा नं. ४को वडा कार्यालयको समन्वयमा आफुले गरिब तथा बिपन्न परिवारलाई शनिबार समाजसेबी बिकले प्रति परिवार १५ केजि चामल ,एक केजि दाल, एक लिटर तेल र एक पोका नुन उपलब्ध गराउनु भएको छ।

लकडाउनको अवस्थामा घर बाहिर गएर सामान्य अवस्थामा जस्तै ज्याला मजदुरी गर्न नपाएका बिपन्न घरपरिवारको दैनिक जीवनलाई थोरै भएपनि सहज बनाउन सकिन्छ कि भन्ने सोंचका साथ आफुले राहत वितरण गरेको बताउनु भएको छ ।

बिपदको समयमा पनि आफ्नै घरमा राहत पाउदा आफुहरु ख्शी भएको बिपन्न तारा गन्धर्बले प्रतिकृया दिनुभएको छ।समाजसेबी बेलदारले कञ्चन ४ का १५ जना स्थानिय बिपन्न घरपरिवारलाई आफ्नै खर्चमा राहत बितरण गर्नु भएको हो ।

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij