काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहपछि जोनसन केही परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।
१० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा थिए । यद्यपि, प्रधानमन्त्री जोनसनले मन्त्रिपरिषद्को बैठक भने गरिरहेका थिए । उनमा कोरोना भाइरसको संक्रमणका लक्षणहरु लगातार देखिँदै आएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्