JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख

शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल,बैंकका पुर्व अध्यक्ष थानेश्वर पौडेल,सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । प्रदेश सरकारले १० करोड रुपैयां जम्मा गरेको स्थापना गरेको उक्त कोषमा निजी क्षेत्रबाट हालसम्म सबैभन्दा धेरै रकम दिने संस्थामा शाइन रेसुंगा बैंक रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । उक्त कोषमा बैंक,सहकारी र निजी क्षेत्रका संघसंस्थाले हालसम्म ९१ लाख रुपैयां जम्मा गरेका उनले बताए ।

चेक हस्तान्तरणका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र संक्रमतिको उपचार सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खांचो रहेको बताए । उनले प्रदेश ५ मा डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि पीपीई लगायत सुरक्षा सामग्री अझै पर्याप्त नभएकाले त्यस्ता सामग्री सरकारलाई उपलब्ध गराउन निजी क्षेत्रसंग आग्रह गरे । बैंकका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु पनि बैंकले उपलब्ध गराउने प्रतिवद्धता जनाए । प्रदेश ५ का पांचवटा विकास बैंकहरु मिलेर प्रदेशकै पहिलो राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेका बैंकका वरिष्ठ प्रवन्धक लालमणि पन्थीले जानकारी गराए ।

प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij