बुटवल – नेपाल तरुण दल बुटवल उपमहानगर समितीद्वारा वडा नम्बर ७ को दिपनगर र वडा नम्बर ११ को मझुवा , सृजनानगर , बुद्धनगरमा कोरोनाको प्रभाबले गर्दा जिवनयापन गर्न गार्हो भएका गरिब तथा बिपन्न ३० घर धुरीलाई राहत बितरण गरिएको नगरसभापती सुजन पुनले जानकारी दिनुभयो ।
राहत बितरण कार्यक्रममा तरुण दल बुटवल उपमहानगर समितीका अध्यक्ष सुजन पुनको अध्यक्षता रहेको थियो । त्यस्तै उक्त कार्यक्रममा नेपाली कांग्रेस बुटवल वडा नम्बर ११का पार्टी सभापति चित्र ब बर्मा , ७ का वडा अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली , तरुण दल जिल्ला सदस्य प्रदिप गौतम , महिला नेत्री साबित्रा टण्डन , राधा ज्ञवाली , तरुण नेताहरु ज्ञानु थापा , बिजय गुरुङ , सुनिल शाही , श्याम थापा , किस्मत श्रेष्ठ , सुबास रायमाझी , मीन बिस्वकर्मा , रामु रिजाल , दिनानाथ गिरि , तरुण दल वडा नम्बर ७ का अध्यक्ष रवि गौचन लगायतको उपस्थिति रहेको थियो ।
समितीले चामल , दाल , तेल , सोयाबिन , नुन , साबुनसर्फ , चिउरा ,चाउचाउ , मास्क लगायत ३० घर धुरीलाई प्रदान गरेको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्