कपिलवस्तु
कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार साँझ ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए
यी विरामीलाईको स्वाव परिक्षणका लागि बुटवल पठाइए पनि अझै रिर्पोट आइसकेको छैन । उनी गम्भिर विरामी परेपछि कोरोनाको आशंकामा कपिलवस्तु अस्पताल भर्ना गरिएको थियो ।
उनको के कति कारणले मृत्यु भएको हो कपिलवस्तु अस्पतालले पुष्टि गरिसकेको छैन । उनी उपचाररत थिए ।
मृतक भरका स्थानीयले बताए अनुसार उनी लामो समय देखि क्षय रोगबाट ग्रसित थिए । पछिल्लो समय उनलाई ज्वरो र रुघाखोकी लागेपछि कोरोना आशंकाले कपिलवस्तु अस्पतालको आइसुलेसनमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्