लकडाउनले गर्दा मानसिक तनावमा हुनुहन्छ भने गर्नुहोस यि काम

लकडाउनले गर्दा मानसिक तनावमा हुनुहन्छ भने गर्नुहोस यि काम

बुटवल
यतिबेला मुलुकभरका जनता घरमै बस्नुपर्ने भएपछि धैरैजसोलाई मानसिक तनावले सताउन पनि थाली सक्यो होला ।कतिपय मानिस घरमै बस्नुपर्दाको पीडा सामाजिक संजालमा पोख्न थालेका छन्। कोही कस्तो समय साथी भाइ संग कुरा गरिरहेका छन । यतिबेला सबैमा दिमागमा एकै किसिमको कुरा खेलिरहेको छ कोराना भाइरसबाट कसरी बच्ने आफु कसरी सुरिक्षित रहने आफनो परिवारलाई कसरी सुरक्षित राख्ने ।
नेपालमा हालसम्म नौ जनामा कोरोना संक्रमण देखिएको छ। छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमित देखिएका छन्। कति आइसुलेसनमा बसेको बिरामीको मृत्यु पनि सुनिन्छ यस्ता समाचारहरु सुन्दा धैरैजसोलाई मानसिक तनावले सताउन पनि थाली सकेको छ यस्तो बेलामा देशका हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ। आफूलाई स्वस्थ राख्न नियमित सरसफाईदेखि खानपानशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ। मानसिक तनावबाट टाढा रहनको लगि तपाइ हामीे यि कुराहरु गर्नु होस यसले यहाको अहिले लकडाउनको समयले सरल सहज बनाउन सक्छ कि ?

परिवारसँग रमाउनुहोस यो लकडाउनले तपाईलाई अवसर प्रदान गरेको छ ।तपाई सधैं काममा व्यस्त भएकाहरुलाई यतिबेला एउटा संयोग जुरेको छ परिवारसँग बस्ने। त्यसैले यतिबेला बाबु आमा छोराछोरी सबै सँगै मिलेर खाना पकाउने, छोराछोरीलाई खाना ,खाजा बनाउन सिकानुहोस यसो गर्दा आत्मियता बढ्नुको साथै तनाव पनि कम हुन्छ ।बच्चाबच्चीहरुले पनि सिक्ने अवसर पाउछन ।
 नियमित शारीरिक व्यायाम गर्नुहोस
बिहान सबैरै उठ्नुहोस्। ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्नुहोस। तपाईंको दिमाग सही दिशामा चल्नेछ
मनोरञ्जनलाई समय दिनुस्   आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ ।
सन्तुलित खाना खानुहोस् भनिन्छ खानाको प्रकारले व्यक्तिको आनीबानी देखाउँछ। त्यसैले पौष्टिक खाना खानुहोस्। पानी र झोलिलो पर्दाथ प्रशस्त मात्रामा पिउनुहोस्। मन तातो पानीबाट दैनिकी सुरुवात गर्नुहोस्। बेलुकाको खानामा रोटी, साग,दूध खानुहोस्। राती सुत्दा मनतातो दूध वा मन पानी पिएर सुत्नुहोस्।

ज्ञानबद्र्धक पुस्तक पढनुहोस
यस्तो बेलामा यहाले ज्ञानबद्र्धक पुस्तकहरु पढने बानी गर्दा यहाको मानसिक तनाव कम हुन सक्छ ।
काम गर्नेबानी बसालौ
यदि घरको वरपर खाली जग्गा छ भने गोडमेल गर्ने तरकाली या फुल हरु लगाउने गर्नुहोस त्यसले गर्दा यहाको समय जान्छ मानसिक तनाव कम हुन सक्छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij