बुटवल- यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कोषले बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो ।
भलाई कोषले कोरोना राहत कोषमा एक लाख ५१ हजार रुपियाँ सहयोग गरेको कोषका लेखा अधिकृत ऋषिराम अर्यालले जानकारी दिनुभयो । राहत रकम मंगलबार कोषका अध्यक्ष दिनेश फुल्लेलले बुटवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो ।
विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले भलाई कोषको तर्फबाट सहयोग गरिएको बताउँदै अध्यक्ष फुल्लेलले कोरोना संक्रमण रोक्न कोषले पनि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको बताउनुभयो । त्यस अवसरमा नगर प्रमुख शिवराज सुवेदीले सबैको सामूहिक प्रयासले मात्रै कोरोना संक्रमणको जोखिम कम गर्न सकिने बताउँदै राहत रकमलाई सही सदुपयोग गर्ने बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्