नेपालमा हालसम्म २३ सय ६६ को नमुना परीक्षण, थप संक्रमित भेटिएको छैनः स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म २३ सय ६६ को नमुना परीक्षण, थप संक्रमित भेटिएको छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा हालसम्म दुई हजार तीन सय ६६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आसंकामा नमुना परीक्षण गरिएकोमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित बिरामी पत्ता लगाउन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमुना संकलनको दायरा बढाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार प्रवक्ता देवकोटाले हालसम्म उच्च जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, दिपायल, जुम्ला र सुर्खेतबाट ८०२ जना व्यक्तिको नमुना संकलन भएको र ती नमुनाहरु ‘पीसीआर’ परीक्षणका लागि काठमाडौं ल्याइएको जानकारी दिनुभयो।

स्वास्थ्य मन्त्रालयलबाट परिचालित टोलीले ‘र्यापिड’ टेस्ट र पीसीआर प्रविधिबाट परीक्षण गर्न कैलाली र कञ्चनपुरमा १९८ व्यक्तिको नमुना संकलन गरेको उनले जानकारी दिनुभयो। प्रवक्ता डा. देवकोटाका अनुसार दिपायलमा ३०० बढी व्यक्तिको नमुना संकलनको काम भइरहेको छ।

हाल उपत्यकामा १२ जना र उपत्यकाबाहिर १२२ गरी १३४ जना ‘आइसोलेसन वार्ड’मा रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो। त्यस्तै, देशभर ‘क्वारेन्टाइन’मा ८ हजार ५८० जना रहेका छन् । क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण गरिने भन्दै उहाँले नमुना परीक्षणका लागि काठमाडौंबाहिर पनि उच्च क्षमताको मेसिनहरु जडान गरिएको बताउनुभयो।

प्रवक्ता देवकोटाले यसअघि संक्रमित ८ व्यक्तिको सम्पर्कमा आएकाहरुको विश्व स्वास्थ्य संगठनको मापदन्डअनुसार ‘कन्ट्रयाक ट्रेसिङ’ भइसकेको पनि जानकारी दिनुभयो।

कोरोनाको संक्रमण रोकथामका लागि सबै जिल्लामा ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ स्थापना भइसकेको उहाँले बताउनुभयो। नेपालमा अहिलेसम्म ९ जनामा मात्र कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा पहिलो संक्रमितले उपचारपछि स्वास्थ्य लाभ लिइसकेका छन्।

अरु संक्रमित ८ जना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचारत छन्। धनगढीमा चार तथा बागलुङ र टेकुमा दुई÷दुईजना संक्रमितको उपचार भइरहेको जनाइएको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको पनि प्रवक्ता देवकोटाले बताउनुभयो।

प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij