भैरहवा – कोरोना संक्रमणको महामारीबाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ । विगत १७ दिनदेखि लकडाउन जारी छ र मुुलुुकमा कोरोना संक्रमण पनि देखिएका छन् । यस्तो अवस्थामा रगतको अभाव देखिएको छ ।
भैरहवास्थित सिद्धार्थनगर रक्त संचार केन्द्रमा रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि बिरामीहरुलाई अत्यावश्यक रगतको कमी हुन नदिन मारवाडीं यूवा मञ्च भैरहवाले नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरको सहयोगमा मारवाडीं सेवा संघ भैरहवामा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।मञ्चले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कता अप्नाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
सबै रक्तदाताहरुलाई सुरक्षाका लागि मास्क तथा ग्लोभ्स अनिवार्य गराइएको रक्तदान कार्यक्रममा ४३ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । साथै मञ्चले रक्त संचार केन्द्र भैरहवालाई एक थान पूर्ण पि.पि.ई. सेट समेत उपलब्ध गराएको मारवाडीं यूवा मञ्चका अध्यक्ष मनोज अग्रवालले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरका उपाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बिषम परिस्थितिमा समेत अत्यन्तै सतर्कताका साथ सामाजिक दूूरी कायम राख्दै मारवाडीं यूवा मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक तथा रक्तदातालाई धन्यवाद तथा आभार प्रकट गरे । कार्यक्रममा सि.न.पा. वडा नं–५ का वडा अध्यक्ष चेत बहादुर क्षेत्री, वडा सदस्य मोहित सेठिया, स्थानीय उद्योगी तथा मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष हेमन्त कुमार अग्रवाल लगाएतको उपस्थिति रहेका थियो ।
अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न सरकारले गरेको आग्रह अनुसारनै औपचारीक कार्यक्रम नगरी रक्तदान सम्पन्न गरिएको कार्यक्रमका संयोजक बिनित बेरीवालले बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्