कञ्चनमा दोश्रो चरणको राहत बितरणका लागि छलफल

कञ्चनमा दोश्रो चरणको राहत बितरणका लागि छलफल

कञ्चन-कञ्चनमा दोश्रो चरणको राहत बितरणका लागि विभिन्न टोल बिकास संस्थाका प्रतिनिधी,राजनैतिक दलका प्रतिनीधि,स्थानिय बुद्दिजीबीहरुको वडा स्तरिय छलफल गरिएकोछ।
पाउनु पर्नेले राहत नपाएको र अब्यबस्थित र हचुवाको भरमा राहत बितरण गरिएको भन्दै स्थानियहरुको गुनासो सहित सुझाब विभिन्न सामाजिक संजालमा आए पछि सत्य तथ्य रुपमा सम्बन्धित ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन सहज बनाउने उद्देस्यका साथ कञ्चनको वडा नं. ३ र ४ मा सर्बपक्षिय छलफल गराइएको हो।
बिश्वभर नोवल कोरोना भाईरसले महामारीको रुप लिइरहेपछि देशभर लागू गरिएको लकडाउनले जन जीवन प्रभावितमा परेका दैनिक ज्याला मजदुरी गरेर जीवन निर्बाह गरिरहेका बिपन्न घरपरिवारहरुलाई राहत उपलब्ध गराउने नेपाल सरकारले घोषणा गरे संगै विभिन्न स्थानिय निकायहरुले पहिलो चरणको राहत बितरण गरेका थिए भने कञ्चनले पनि टोल बिकास संस्थाहरुको समन्वयमा राहत बितरण गरिएको थियो।
कञ्चन गाउपालिकामा करिब १ हजार बिपन्न घरपरिवारहरुलाई १५र१५ किलो चामल,१र१ किलो दाल,१र१ किलो खाने तेल र नुन तथा हात धुने साबुन राहत स्वरुप बितरण गरिएको थियो।उक्त राहत बितरणमा अब्यबस्थित र हचुवाको भरमा राहत सामाग्री बितरण गरिएको भनि स्थानियहरुको गुनासो आएको थियो।

दोश्रो चरणको राहत बितरणक लागि कुनै जग्गा जमिन तथा निश्चित बाँस नभएका र दैनिक मजदुरी गरि खाने असंगठित मजदुर,भरिया,सफाई मजदुर,सवारी चालक लगायत बिपन्न परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको आवेदनमा अत्याधिक घरपरिवारको आवेदन आएपछि यथार्थ रुपमा बिपन्न घरपरिवारको छनौटका लागि सहज बनाउन वडा वडामा छलफल गरिएको कञ्चन गाउपालिका वार्ड नं.४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले बताउनु भएकोछ।
पहिलो चरणको राहत बितरणका लागि करिब १ हजारले माग फारम भरेका थिए भने दोश्रो चरणको राहत बितरणका लागि छुटपुट घरपरिवारको लागि भनेर आबेदन गर्न लगाएकोमा ५ वटै वडाका टोल बिकास संस्थाको समन्वयमा पुन ८ सय ५७ जनाले राहतका लागि माग फारम भरेको कञ्चन गाउपालिका वार्ड नं.५ का वडा अध्यक्ष तथा राहत संकलन उपसमितीका संयोजक कृष्ण प्रसाद अधिकारीले बताउनु भएको छ।हाम्रो कञ्चनमा सारैनै बिपन्न र खानै नपुग्ने घरपरिवार त्यति धेरै संख्यामा नभएको र यदी संख्यामा माग आउने हो भने र लकडाउनको समय बढे अलि अलि हुनेखाने घरपरिवारले पनि रहातको आस गर्दा कञ्चन गाउपालिकाले धान्न नसक्ने वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ।
दोश्रो चरणको राहतका लागि वार्ड नं.१मा २ सय ३० जना,वडा नं. २ मा १ सय ३५ जना,वार्ड नं .३ मा २ सय ५० जना,वडा नं. ४ मा १ सय ६२ जना र वडा नं.५ मा ८० जना गरी ८ सय ५७ जनाले टोल बिकास संस्थामार्फत माग गरेका छन।

प्रकाशित मिति : बिहिबार, चैत्र २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij