भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक

भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक

 

तिलोत्तमा- नगरपालिकाले कोरोना महामारी विरुद्धको पूर्वतयारीलाई अझैं प्रभावकारी बनाउन लकडाउनलाई कडाईका साथ कार्यान्वयन गराउने निर्णय गर्दै यसको परिपालना गर्न तथा गराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ । बिहीबार भिडियो कन्फरेन्समार्फत् बसेको कार्यपालिकाको ८२ औं बैठकले हालसम्म भएका कोरोना पूर्वतयारीका कामको समीक्षा गर्दै आगामी दिनको कार्ययोजना बनाएको हो ।

कोरोनाको कारण भिडियो कन्फरेन्सबाट गरिएको बैठकमा अधिकांश कार्यपालिका सदस्यहरु सहभागी रहेको प्रेस सल्लाहकार बीपी गौतमले जानकारी दिनुभयो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा नगरपालिका कार्यालयमा रहनुभएको थियो भने अन्य कार्यपालिका सदस्यहरु आआफ्नो वडा कार्यालय तथा घरबाटैं भिडियो कन्फरेन्स बैठकमा सहभागी हुनुभएको थियो ।

२८ सदस्यीय तिलोत्तमा नगरकार्यपालिकाको बैठक व्यक्तिबीचको दुरी कायम राख्ने सन्देशका लागि समेत भिडियो कन्फरेन्सबाट गरिएको प्रेस सल्लाहकार गौतमले बताउनुभयो । बैठकमा नगर प्रमुख बासुदेव घिमिरेले कोरोना पूर्वतयारीका सन्दर्भमा हालसम्म भएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो भने उपप्रमुख जागेश्वरी चौधरीले राहत वितरणको बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकले लकडाउनलाई अझै प्रभावकारी बनाउन प्रहरीको क्रियाशीलता बढाउने, टोल विकास संस्थालाई परिचालन गर्नेलगायतका निर्णय गरेको छ । यस्तै कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कामहरु गर्न संकट व्यवस्थापन केन्द्र गठन गरेको छ । नगर प्रमुखको अध्यक्षतामा गठित सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नेकपा तिलोत्तमा अध्यक्ष, नेपाली कांग्रेसका नगर सभापति, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख, प्रवक्ता, विपद् व्यवस्थापन समिति संयोजक, स्वास्थ्य शाखा संयोजक, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष, सुरक्षा निकायका प्रमुख तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव रहेका छन् ।

 

प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij