बुटवल-रुपन्देहीमा क्रियाशील लायन्स क्लब अफ बुटवल चौतारीले तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिका मा स्थापना गरिएको विपत् जोखिम व्यवस्थापन तथा न्युनिकरण कोषमा २०र२० हजार नगद प्रदान गरेको छ ।
लायन्स क्लब अफ बुटवल चौतारीका निवर्तमान अध्यक्ष माधव कुमार खनालको संयोजक्तवमा उक्त रकम प्रदान गरिएको हो ।
लायन्स क्लव अफ बुटवल चौतारीका अध्यक्ष टेकराज न्यौपाने ले संस्थापक थर्ड भिपि जीवन अधिकारी सहितको समुहले बुटवल उपमहानगरपालिका का प्रमुख शिवराज सुवेदी लाई २० हजार रुपैयाको चेक प्रदान गर्नुभएको हो ।

यस्तै तिलोत्तमा नगरपालिकाको बिपत ब्यावस्थापन कोष मा क्लब को तर्फ बाट राहत स्वरुप नगद २० हजार तिलोत्तमा नगरपालीका का मेयर बासुदेव घिमिरेलाई चार्टर प्रेसिडेन्ट लुकराज न्यौपाने र प्रथम उपाध्यक्ष एकदेव बस्यालले प्रदान गर्नुभएको हो ।
क्लवका निवर्तमान अध्यक्ष माधव खनालका अनुसार क्लबले विगतका दिनहरूमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्