ग्रामिण बैंकद्वारा ८ वटा सरकारलाई २८ लाख ५० हजार सहयोग रकम प्रदान

ग्रामिण बैंकद्वारा ८ वटा सरकारलाई २८ लाख ५० हजार सहयोग रकम प्रदान

बुटवल- ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ ।

विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र सातवटै प्रदेश सरकारहरूले स्थापना गरेको छुट्टाछुट्टै कोषमा रकम जम्मा गरिएको हो ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराइएको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालय, बुटवलले जनाएको छ । संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख र सातवटा प्रदेश सरकारको कोषमा २ लाख ५० हजारका दरले १७ लाख ५० हजार रकम जम्मा गरेको जनाएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij