नेशनल प्याथ ल्याबद्धारा पी सी आर मेसिन प्रदेश सरकारलाइ हस्तान्तरण

नेशनल प्याथ ल्याबद्धारा पी सी आर मेसिन प्रदेश सरकारलाइ हस्तान्तरण

बुटवल– बुटवलमा रहेको नेशनल प्याथ ल्याबले उच्च क्षमताको रियल टाईम पी सी आर मेसिन प्रदेश सरकारलाइ हस्तान्तरण गरेको छ ।यो मेसिनको प्रयोगले ल्यावमा नतिजाले तिव्रता पाउने छ ।

यस अघि दैनिक १४,१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसंगै दिनमै साढे दुई सयको नतिजा आउने दावी नेशनल प्याथ ल्याबले गरेको छ ।

प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा संचालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा आउने छ ।डव्लुएच ओ लगायतका संस्थावाट प्रमाणित उक्त मेशिनको शुक्रबार एक समारोहकाविचे समाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरिएको हो ।

राष्टिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सुचिकृत नेशनल प्याथ ल्यावले कोराना परिक्षण गर्ने सम्पुर्ण उपकरण आफुहरु संग रहेको यस अघि पनि बताएका थियो ।उक्त मेशिन सहितका उपकरण प्रदेश सरकारको प्रयोगशालाका लागि सहयोग गरेको संस्थाका संचालक शरद भुषालले बताए ।

भुषालले सरकारले आवश्यक ठानेमा अन्य खालका पनि सहयोगका लागि आफुहरु तयार रहेको बताए ।पटक पटक सरकारी निकायलाई आफुहरु सहयोग गर्न तयार रहेको बताए पनि ढिलै भएपनि सरकारले सहयोग महसुस गरि मेशिन लगेको उनले बताए ।

समाग्री बुझ्दै सामाजिक विकास मन्त्री सुर्दशन वरालले विपत्तीका वेला सवैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेशिन तत्काल प्राविधिकहरुलाई उपलव्ध गराई संचालनमा ल्याउने बताए ।प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले पिसिआर मेशिन आउनु सुखद भएको बताउदै मेसिनको सबै चेकजांच पछि संचालनमा ल्याईने बताए ।चारै तिरवाट परिक्षणको रिर्पोट निकालीदिनका लागि दवाव आएको बेला मेसिनको प्रयोगले कोरोना लागेको वा नलागेको बोर तथ्यांक निकाल्न सहज हुनेछ ।

प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij