भैरहवा का लायन्स क्लब द्धारा रक्तदान, ४५ प्वाइन्ट संकलन

भैरहवा का लायन्स क्लब द्धारा रक्तदान, ४५ प्वाइन्ट संकलन

भैरहवा
कोरोना संक्रमणको महामारीबाट बच्नकालागि नेपाल सरकारले लकडाउन गरेको छ । विगत१९दिनदेखि लकडाउन जारी छ र मुुलुुकमा कोरोना संक्रमण पनि देखिएका छन् । यस्तो अवस्थामा रगतको अभाव देखिएको छ ।भैरहवास्थित सिद्धार्थनगर रक्त संचार केन्द्रमा रगतको अभाव रहेको भन्ने जानकारी प्राप्त भएपछि बिरामीहरुलाई अत्यावश्यक रगतको कमीहुननदिनभैरहवा मा रहेका ७ वटा लायन्स क्लब हरु ले नेपाल रेडक्रस सोसाइटी सिद्धार्थनगरको सहयोगमायुनिभर्सल मेडिकल साइन्सेस कलेज टिचिङ हस्पिटल भैरहवामाखुला रक्तदानकार्यक्रम सम्पन्न गरेको छ ।क्लबले कोरोना संक्रमण विरुद्ध उच्च सतर्कताअप्नाउँदै रक्तदानकार्यक्रम सम्पन्न गरेको हो ।
सबै रक्तदाताहरुलाई सुरक्षाकालागिमास्कतथाग्लोभ्स अनिवार्य गराइएको रक्तदानकार्यक्रममा ४५जना रक्तदाताहरुले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयउपसभापति सुदर्शन प्रसाद नेपालले बिषम परिस्थितिमा समेत अत्यन्तै सतर्कताका साथ सामाजिक दूूरी कायम राख्दै लायन्स क्लबले रक्तदानकार्यक्रमआयोजना गरेकोमा आयोजकतथा रक्तदातालाई धन्यवादतथाआभार प्रकट गरे । रक्तदानकार्यक्रममालायन्स क्लब सिद्धार्थनगर प्रोफेशनल, लायन्स क्लब सिद्धार्थनगर युथ, लायन्स क्लब सिद्धार्थनगर सेन्टीनियल,लायन्स क्लब सिद्धार्थनगर लेडि युथ, लायन्स क्लब क्रियटिभ लुम्बिनी, लायन्स क्लब सिद्धार्थ नगर गौतम बुद्ध, लायन्स क्लब भैरहवालुम्बिनीगरी ७ वटा क्लब का पदाधिकारी लगायत समाजसेवी, उधोगी,व्यवसायीलगायत ले रक्तदान गरेको कार्यक्रम का सयोजक रबि कुमार रौनियार ले बताए ।
अत्यावश्यककाममा समेत सामाजिक दुरी कायम राख्न सरकारले गरेको आग्रहअनुसारनै औपचारीक कार्यक्रमनगरी रक्तदान सम्पन्न गरिएको कार्यक्रमका संयोजक रौनियार ले बताए ।

प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij