काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का दुई संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने बताउनुभयो।
दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने उहाँले जानकारी दिनुभयो। टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ ।
यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।
अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको छ भने अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्