एजेन्सी
संयुक्त राज्य अमेरिकामा एकैदिन २,१०८ जना कोरोना संक्रमितको ज्यान गएको छ। महामारीका कारण कुनै एक देशमा एकै दिन भएको यो सबैभन्दा ठूलो मानवीय हताहती हो। मानिसहरुको शव राख्न चिस्यान प्रविधि (रेफ्रिजेरेटर) जडान गरिएका ट्रेलरहरुलाई न्युयोर्कका सडकमा राखिएको छ। जोन्स हाप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घन्टाभित्र भेटिएकासमेत गरी त्यहाँ अमेरिकामा संक्रमित हुनेहरुको संख्या पाँच लाख नाघेको छ। अब छिट्टै अमेरिकाले कोरोनाबाट अहिलेसम्म धेरै मानिसहरुको ज्यान गएको इटलीलाई पनि उछिन्ने पक्कापक्की देखिएको बीबीसीले उल्लेख गरेको छ। मानवीय हताहती र संक्रमितको संख्या डरलाग्दो गरी बढिरहेपनि ह्वाइट हाउसका अधिकारीहरुले नियन्त्रणमा आइरहेको तर्क गरेका छन्। डा. डेब्रोह ब्रिक्सले महामारी नियन्त्रणमा राम्रो संकेत देखिएको र अझै हताहतीको उच्च विन्दुमा अमेरिका नपुगेको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अमेरिकामा कोरोना कारण कम्तिमा एक लाख मानिसहरुको ज्यान जाने उल्लेख गरेका थिए।
प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्