थोक व्यापारीबाट दैनिक उपभोग्य वस्तुमा मुल्य बद्धि गरेको खुद्रा किराना व्यावसायीहरु गुनासो

थोक व्यापारीबाट दैनिक उपभोग्य वस्तुमा मुल्य बद्धि गरेको खुद्रा किराना व्यावसायीहरु गुनासो

बुटवल
कोरोना भाइरसले खडा गरेको सन्त्रासपूर्ण अवस्थामा थोक व्यापारीबाट दैनिक उपभोग्य वस्तुमा मुल्य बद्धि गरेको खुद्रा किराना व्यावसायीहरु गुनासो गरेका छन् ।
खुद्रा किराना व्यवसायी महासंघ रुपन्देहीका आज बसको आकस्मीक बैठकमा खुद्रा किराना व्यावसयीहरुले बुटवलमा रहेका थोक विक्रेताहरु दाल , तेल, आटा , मैदा जस्ता खाद्य बस्तुमा मुल्य बढाउदा उपभोत्ताहरु माझ खुद्रा किराना महंगो बेच्च बाध्य पारेको बताएका छन् ।
अध्यक्ष ज्ञान प्रसाद न्यौपानेले विश्वव्यापी रुपमा कोरोनाकोे संक्रमण फैलिएसँगै दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धी सरकारले तत्काल छानबीन गर्नुपर्ने बताए । उनले यहाँका केही ठूला व्यापारीहरुले सामान स्टक गरेर समानलाई विना कारण पछिल्लो समय बिशेष गरी चामल, दाल, तेल, चिनी लगायतका खाद्य बस्तुहरुको मूल्य गरेको बताए । साझ विहान प्रशासनले तोकेको समय खुद्रा किराना व्यवासायीहरु पसल सञ्चालन गरेका छन् ।
सघका विरष्ठ उपाध्यक्ष महेन्द्र पोखरेलले मुल्य नियन्त्रण गर्नका लागी सरकार चनाखो भएर अगाडी बढ्नुपर्नेमा माग राखे । उनले थोक विक्रताले बताएपछि खुद्रा किरानाले पनि बढाउनपर्ने बाध्यता हुने हुदाँ त्यसको असर उपभोक्तालाई परेको बताए । उनले विपद्को समयमा व्यवसायीहरुले नाफा कमाउने भन्दापनी सर्वसाधारण जनताहरुलाई सामान उपलब्ध गराएर आफ्नो जिम्मेबारी पुरा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij