लुम्बिनी । कोरोना भाईरस ( कोभिट १९) न्यूनीकरणका लागि सरकारद्वारा घोषित लकडाउन को बेला बिपन्न परिवारहरुलाई रुपन्देहीको गैडहवा गाँउपालिकाद्वारा राहत बितरण शुरु भएको छ ।
गैडहवा गाँउपालिका द्वारा ५० लाख धनराशि बिपद ब्यवस्थापन कोष स्थापना गरि लकडाउनबाट प्रत्यक्ष रुपमा प्रभावित बिपन्न नागरिकहरुका लागि तोकिएका मापदण्ड बमोजिम राहत बितरण कार्यक्रम शुभारम्भ गरिएको हो । सातजना परिवार भएको हकमा १५ किलाग्राम चामल ,सो भन्दा माथि परिवार भएको हकमा पहिलो चरणको राहत प्याकेज अन्र्तगत २० किलोग्राम चामल एक किलोग्राम आलु,एक किलोग्राम दाल, आधा लीटर खानेतेल,एक किलोग्राम नून वडा नं. ७,८ र ९ मा एकै साथ बितरण कार्य शुरु गरिएको गैडहवा गाँउपालिका अध्यक्ष बछुलाल केवटले जाकारी गराए ।
यसै गरि पाँच किलोग्राम चामल,एक किलोग्राम दाल,एक किलोग्राम नून, एक लीटर खानेतेल तथा एक पीस साबुन घर घरमा बितरण गर्न लागिएको कोटहीमाई गाँउ पालिका १ का वडाअध्यक्ष राजमन जैयसवालले बताए ।
प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्