तिलोत्तमा सहकारीद्धारा प्रकोप कोषमा ५१ हजार १ सय ११ सहयोग

तिलोत्तमा सहकारीद्धारा प्रकोप कोषमा ५१ हजार १ सय ११ सहयोग

तिलोत्तमा –स्थानीयतह प्रकोप व्यवस्थापन कोषमा श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था लि. ती. न पा.२ ले राहत स्वरुप ५१ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरेको हो ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाका अनुसार कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गरिएको बताउनुभयो ।

लकडाउनबाट प्रभावित विपन्न समुदायलाई राहत साझेदारी रुपमा समेटेर वितरण गर्न सहकारीका अध्यक्ष देवकोटाले आग्रह गर्नुभएको छ ।
सहकारीले प्रदान गरेको रकम बुझ्दै नगर प्रमुख वासुदेव घिमिरेले जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै विपन्न वर्गको दैनिक जिवीकोपार्जनमा सहयोग पुग्ने गरि नगरभित्रका अति विपन्न परिवारलाई राहत वितरण गरिएको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा अहिलेसम्म ४७ लाखको हाराहारिमा राहत रकम जम्मा भएको र २४ लाख जति खर्च भई सकेको नगर प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij