रौतहटमा पनि एक जना कोरोना सङ्क्रमित भेटिए : संक्रमित १४ पुगे

रौतहटमा पनि एक जना कोरोना सङ्क्रमित भेटिए : संक्रमित १४ पुगे

काठमाण्डौ
रौतहटमा पनि कोरोना सङ्क्रमित भेटिएका छन् ।आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन ।
सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij