कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना

कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना

भैरहवा
कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरूषलाई भर्ना गरिएको छ ।मायादेवी गाउँपालिका १ का ५८ वर्षका एक पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको हो ।
करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बतानुभयो ।
सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई ज्वरो जाँच क्लिनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस ९कोभिड–१९० को मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको उपाध्यायले बताए ।कोरोना संक्रमित भएको हो, होइन त्यो पुष्टि गर्नका लागि ती व्यक्तिको स्वाब मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइनेछ, उहाले भन्नुभयो।’

प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij