नेपालमा कोरोना संक्रमित १७ पुगे, सनसिटी अपार्टमेन्टका तीनै जनामा कोरोना पोजिटिभ

नेपालमा कोरोना संक्रमित १७ पुगे, सनसिटी अपार्टमेन्टका तीनै जनामा कोरोना पोजिटिभ

काठमाडौं :काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने तीन जनाको पीसीआर परिक्षणमा पनि कोरोना पोजिटिभ देखिएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार परिवारका तीन जना आमा, छोरा र बुहारीमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको हो ।

उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि हिजो उनीहरुको घाँटीको र्‍यालको नमुना पिसीआर गर्नका लागि पाटन अस्पतालमा ल्याइएको थियो । सो परिवार गत चैत ५ गते लण्डनबाट काठमाडौं फर्किएको थियो । उनीहरु बस्दै आएको अपार्टमेन्टलाई सिल गरेर प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रहरीले सो अपार्टमेन्टमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij