नवलपरासीमा नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

नवलपरासीमा नारायणी नदीमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

नवलपरासी – नवलपरासीमा नारायणी नदीमा बुधबार साँझ  डुङ्गा पल्टिँदा एक जना बेपत्ता भएका छन् ।नवलपुरको मध्यविन्दु नगरपालिका –२, नन्दपुरमा नारायणी नदीमा डुङ्गा पल्टिँदा मध्यविन्दु नगरपालिका –२ , गैरी टोल बस्ने १४ वर्षीया बालिका कञ्चना महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायबउपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभयो ।

डुङ्गामा चार जना रहेकोमा तीन जनाको स्थानीयले उद्धार गरेको तर बालिका महतो भने नदीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक खाँडले जानकारी दिनुभयो ।

उनीहरु नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएर फर्किने क्रममा डुङ्गा पल्टिएको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij