सरकारले लकडाउनको घोषणा गरे पनि उचित व्यवस्थापन गर्न सकेन :प्रमुख सचेतक खांँण

सरकारले लकडाउनको घोषणा गरे पनि उचित व्यवस्थापन गर्न सकेन :प्रमुख सचेतक खांँण

बुटवल – नेपाली कांग्रेसले सरकार कोरोना भाइरसको महामारीबाट नेपाली जनता प्रताडित भइरहेको र यसको संक्रमणलाई बढ्न नदिन लामो समय लकडाउनको घोषणा गरे पनि उचित व्यवस्थापन गर्न असफल भएको आरोप लगाएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले लकडाउनको समयमा सही व्यवस्थापन गर्न नसकेको कारणले जनता पीडामा रहेको उल्लेख गर्नु भएको छ ।

‘सरकारले संक्रमण न्यूनिकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि आवश्यक तयारी गर्न सकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य सामग्री र उपकरण खरिदको व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोर क्षमता मात्र हैन, नियतमा नै खोट देखिन्छ ।’

‘हालको परिस्थितिमा सरकारको पहिलो काम भनेको जनताको र राष्ट्रको सुरक्षा गर्ने हो विज्ञप्तिमा भनिएको छ, । वर्तमान सरकार जनता प्रतिको आफ्ना जिम्मेवारीबाट पन्छिदै यस्तो गम्भीर एवं संकटको समयमा केही आयोगको गठन गरी आफ्ना निकटस्थहरुलाई राजनीतिक व्यवस्थापन र जागिर खुवाउने मनसुवाबाट अगाडि बढेको देखिन्छ ।’

सरकारलाई गम्भीर बन्न माग गर्दै विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘अहिले सरकारको मूल कार्य महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितहरुको उपचार गर्नु हो । यस विषयमा प्रमुख प्रतिपक्ष लगायत सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकले अपूर्व सहयोग गरेको अवस्थामा पनि सरकार गम्भीर बन्न सकेको छैन । सरकार गम्भीर बनोस्, हाम्रो जोडदार माग रहेको छ ।’

सरकारलाई उत्तरदायी बनाउन माग गर्दै कांग्रेसले भनेको छ, ‘यो महामारी नियन्त्रण, न्यूनिकरण तथा उपचारका लागि चिकित्साकर्मी डाक्टर, नर्स, स्वास्थ्यसेवक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले अहोरात्र अभूतपूर्व योगदान गरी रहनु भएकोमा हामी हार्दिक सम्मान गर्दछौं । उहाँहरु सबैको सुरक्षाको लागि सरकार संवेदनशील, गम्भीर र उत्तरदायी बनोस् ।’

विज्ञप्तिमा भनिएको छ, ‘संसार भरी छरिरहेका नेपालीहरुले महामारीको पिडा भोगी रहेको छन् । असुरक्षाको अवस्थामा उनीहरुको मनोवल बढाउन र उनीहरुको पीडा तथा समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर बनोस् भन्ने विषयमा ध्यान आकृष्ट गर्दछौं ।’

कांग्रेसको माग छ, ‘लकडाउनका कारणले दैनिक ज्यालादारी, असंगठित क्षेत्रका श्रमिकहरु आफ्नो रोजगार गुमी आफ्नो घर पुग्नका लागि लामो पैदल यात्राबाटै हिडिरहेको अवस्थाले सबै नेपालीलाई पिडा बोध भएको छ । उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनको जिम्मेवारीबाट सरकार पन्छिनु सरकारको लाचारीको परकाष्ट हो भन्दै विज्ञप्तिमा सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुको बसोवास तथा खानपिनको उचित व्यवस्थापनका लागि माग गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij