बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ

बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ

काठमाडौं ।
नेपालको छैटौं कोरोना भाइरस कोभिड१९ संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij