एजेन्सी- कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर मृत्यू हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।
२३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वल्डोमिटरको विहानको तथ्याङ्क अनुसार १ लाख ६० हजार ७५४ जनाको मृत्यू भएको छ ।
ज्यान गुमाउनेमा सबैभन्दा बढी अमेरिकाका नागरिक छन् । अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् ।
दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् ।
उता स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमणको चपेटमा परेका छन् ।
फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार ४ सय नाघेको छ ।
फ्रान्समा १ लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् ।
विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु र २३ लाख ३० हजार व्यक्ति संक्रमित हुँदा ५ लाख ९६ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्