रुपन्देही
बन्दाबन्दीको समयमा प्रदेश नं ५ मा १७ वटा बलात्कारका घटना सम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनको अवधिमा प्रदेशका ८ जिल्लामा १७ जना महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पा बाहेक सबै जिल्लामा बलात्कारका घटना भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा ५ वटा बलात्कारका घटना भएका छन् । त्यसपछि कपिलबस्तुमा ४ वटा, गुल्मी र बाँकेमा २÷ वटा, रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा १÷१ वटा घटना भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।
बन्दाबन्दीको अवधिमा बर्दियामा एक वटा जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्धा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरि जर्बजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताउनुभयो । पछिल्लो एक हप्तामा रुपन्देहीमा ३ जना युवतीमाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका, मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकाका ३ जना युवतीमाथी बलात्कार भएको हो ।
गत मंगलवार रुपन्देहीको सैनामैना एकमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको हो । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ३७ वर्षिय मानबहादुर छहारीलाई पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । दिउँसोको समयमा बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उहाँले बताउनुभयो ।
यस्तै वैशाख २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानको आधारमा ४० वर्षीय व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही दिनमै मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारको आरोपमा स्थानीय १८ वर्षिय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । यो अवधिमा ११ वटा घरेलु हिंसाका मुद्वा दर्ता भएको प्रदेश प्रहरी प्र्रवक्ता पोखरेलले बताउनुभयो । घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका हन् । सबैभन्दा धेरै बाँके र दाङमा ४÷४ वटा, रोल्पामा २ वटा र पाल्पामा १ वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।
बन्दाबन्दीको समयमा सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन् । प्रदेशका पाल्पा र बाँके बाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा ९ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा ६ जना र कपिलबस्तुमा ४ जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा ३ जना, अर्घाखाँची र रुकुममा २÷२ जना, गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा १÷१ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीमा एउटा यौन दुव्र्यवहारको सम्बन्धी मुद्वा दर्ता भएको छ ।
यो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एक÷एक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्