खाद्यान्न खरिदसम्बन्धी कागजात अख्तियारले लियो नियन्त्रणमा

खाद्यान्न खरिदसम्बन्धी कागजात अख्तियारले लियो नियन्त्रणमा

नवलपरासी ।
रामग्राम नगरपालिकाले अघिल्लो साता विपन्न परिवारलाई वितरण गरेको खाद्य सामग्री गुणस्तरहिन भेटिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

नगरपालिकाले २ हजार ३ सय विपन्न घरपरिवारलाई वितरण गरेको १० लाख मूल्य बराबरको खाद्य सामग्री सरकारले तोकेको मापदण्डभन्दा न्यून गुणस्तरको भएको विषयमा छानबिन थालेको हो । आयोगको बुटवल कार्यालयले खाद्यान्न खरिद निर्णय र टेण्डर प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रवक्ता भुसालले त्यहाका वितरित राहतमा गुणस्तरहीन खाद्यान्न वितरण गरिएको भन्ने सूचनाका आधारमा ४ दिनदेखि कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।वितरित खाद्य सामग्रीको नमुना जाककच गर्दा गुणस्तरहीन भेटिएकाले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको जानकारी भुसालले दिए। गुणस्तरहीन खाद्यान्न खरिद निर्णय प्रक्रियामा सामेल सबैलाई भ्रष्टाचार मुद्दा चलाउने तयारीमा आयोग रहेको उनको भनाइ छ ।

निर्णय प्रकृयामा सामेल जनप्रतिनिधि र कर्मचारीको संलग्नताको प्रमाण भेटिएकाले उनीहरुविरुद्ध चाडै मुद्दा चलाउने उनले बताए। ‘छानविन अन्तिम चरणमा पुगेको छ,’ भुसालले भने, ‘अहिले यत्ति भन्छु चाँडै मुद्दा दायर हुन्छ ।’

नगरपालिकाले परासीकै राजेश राइस मिलवाट १० लाखमा प्रति किलो ४० रुपैयाककका दरले २ सय ५० क्विन्टल चामल खरिद गरेर विपन्नलाई वितरण गरेको थियो ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा र गुणस्तर तथा नापतौल कार्यलयले पनि छानबिन गर्दा सरकारले तोकेको भन्दा न्यून गुणस्तरको खाद्यान्न समाग्री वितरण गरेको पाइएको बताउककदै ३ दिनभित्र मुद्दा चलाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij