गुल्मीको चन्द्रकोटमा आगलागी, एकको मृत्यु,

गुल्मीको चन्द्रकोटमा आगलागी, एकको मृत्यु,

 गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । पूर्णबहादुर र उनकी श्रीमती रूपा खनाल आगलागीमा परी गम्भीर घाइते भएका छन् ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।

घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij