बुटवल- कोभिड १९ को संक्रमणले मुलुक लकडाउनमा रहेका बेला गुल्मी चारपाला सम्पर्क समाजले गुल्मी दरबार गाउंपालीकामा हाते पन्जा र सेनिटाईजर सहयोग गरेको छ । समाजका सचिव विकास टण्डनले गाउंपालीका स्वास्थ्य प्रमुख नारायण प्रसाद अर्याल र स्वास्थ्य अधिकृत लेखबहादुर बस्नेतलाई संयुक्त रुपमा १६ हजार रुपैयां बराबरको सामाग्री हस्तानतरण गर्नुभयो । सामाजिक कार्यमा अग्रसर रहेको चारपाला सम्पर्क समाजले गरेको सहयोगको प्रशंसा गर्दै स्वास्थ्य प्रमुख अर्यालले विभिन्न संघसंस्थाको सहयोगमै स्वास्थ्य कर्मचारीले काम गरिरहेको र सहयोग प्राप्त सामाग्री सही सदुपयोग गर्ने बताउनुभयो । यसअघि समाजले रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिसकेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्