बुटवल,बैशाख ८-
प्रदेश नम्बर ५ मा १२ जिल्लामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । प्रदेश सरकारको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको निर्णयलाइ कार्यान्वयनमा ल्याइएको हो ।
रुपन्देहीमा पहिलाे पहिलो पटक आजबाट देवदह नगरपालिकाले पनि कृषि एम्बुलेन्स संचालन शुरु गरेको छ । भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल र देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले कृषि एम्बुलेन्सको संयूूक्त रुपमा शुभारम्भ गरे ।
किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई बजारीकरणमा सहजता ल्याउनको लगि कृषि एम्बुलेन्स सञ्चालन गरिएको मन्त्री पौडेलले बताइन् ।
कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्द्रमा रहेका पिक अप भ्यान र मन्त्रालय मातहतका कार्यलयहरुले अनुदानको रुपमा उपलब्ध गराएका पिक अप भ्यानलाइ कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरिएको हो ।
प्रदेश ५ का १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्सले अहिले सेवा दिईरहेका छन ।किसानहरुको उत्साहलाई मर्न नदिन र उपभोक्ताको सहजताको लागि उक्त कृषि एम्बुलेन्स संचालनमा ल्याएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले बताए ।
देवदह नगरले स्थानिय उत्पादनलाई प्रवद्र्र्धन तथा प्रोत्साहन गर्ने नीति लिएको प्रमुख खत्रीले बताए । पाल्पा,गुल्मी, लगायतका जिल्लामा पनि कृषि एम्बुलेन्स संचालन भएका हुन् ।
तरकारीमा आत्मनिर्भर रहेको देवदहमा कृषि एम्बुलेन्स संचालनपछि स्थानीय कृषक शेर बहादुर क्षेत्री निकै खुसी भएका छन् । उनले भने—‘ घोडाहा तरकारी पकेट एरिया हो,लकडाउनमा उत्पादन भएका तरकारी खेर जाने अवस्था थियो ,अब अन्यक्षेत्रको तरकारी आउन दिनुहुदैन हामी आफै बेच्छौं ।’
प्रदेशको कृषि पकेट क्षेत्र मानिएको देवदह–९ को घोडाहामा उत्पादित तरकारीहरुले बजार नपाउने अवस्थाको अन्त्य हुने कृषक रेनुका मगरको भनाइ छ ।उनले भारतबाट आउने तरकारी भन्दा स्थानिय तरकारी खानुपर्ने बताइन् ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्