एम्समा अनलाइन भर्चुअल माध्यमबाट पठन पाठन

एम्समा अनलाइन भर्चुअल माध्यमबाट पठन पाठन

बुटवल । बुटवल राजमार्ग चौराहमा रहेको एम्स कलेजमा अनलाइन भर्चुअल माध्यमबाट पठन पाठन सुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र जारी लकडाउनको कारण कलेजमा पठन पाठन ठप्प रहेका बेला एम्सले अनलाईन कक्षा सुरु गरेको हो ।

विगत एक हप्तादेखी स्नातक तहका विद्यार्थीहरुलाई विहान ८ बजेदेखी बेलुका ७ बजेसम्म अलग अलग रुपमा अनलाइन भर्चुअल कक्षा सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख दिपक ढकालले जानकारी दिनुभयो । यो नयाँ प्रयोग भएकाले चुनौतिसँगै अवसर पनि भएको उहाँले बताउनुभयो ।

‘घरबाटै अध्ययन गर्न सकिने भएकाले विद्यार्थीहरुलाई केही सहज पनि भएको छ । उनीहरु खुशी छन् ।’ उहाँले भन्नुभयो ‘तर कतिपय विद्यार्थीलाई इन्टरनेटको सहज पहुँच नभएको र इन्टरनेट पनि प्रभावकारी नहुँदा अध्ययन कार्यमा अवरोध भएको छ ।’ कतिपय विद्यार्थीहरु गाउँमा हुँदा झनै समस्या परेको ढकालले बताउनुभयो । हाल कलेजमा अध्ययनरत एक तिहाइ विद्यार्थीहरुले अनलाईन मार्फत नियमित विषयगत अध्ययन गरिरहेको एम्स कलेजले जनाएको छ । त्यस्तै कोठा भाडामा लिइ बसेका विद्यार्थीहरुलाई कुनै अफ्यारो तथा समस्या भए कलेजमा प्रत्यक्ष सम्पर्क गर्न क्याम्पस प्रमुख ढकालले अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij