भारतमा आरडीटीबाट कोरोनाभाइरसको परिक्षण बन्द गर्न निर्देशन

भारतमा आरडीटीबाट कोरोनाभाइरसको परिक्षण बन्द गर्न निर्देशन

भारत

मंगलबार भारतका विभिन्न राज्यले र्‍यापिड डाइग्नोस्टिक टेस्ट आरडीटीमार्फत गरिएको कोरोनाभाइरस संक्रमण परिक्षणबाट गलत नतिजा देखाएको भनेपछि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले दुई दिनसम्मका लागि उक्त किट्स प्रयोग नगर्न भनेको छ ।

“धेरै समस्याहरू आएको देखियो । हामी आफै फिल्डमा गएर के गर्ने भन्ने निर्णय गर्छौं । दुई दिनसम्मलाई यसको प्रयोग बन्द गर्नु” आईसीएमआरले भनेको छ ।

यस अघि राजस्थान सरकारले आरडीटीद्वारा कोभिड-१९ को परिक्षण गर्न रोक लगाएर आईसीएमआरुलाई जानकारी गराएको थियो ।

राजस्थान राज्यका स्वास्थ्य मन्त्री रघु शर्माले ५.४ नतिजा मात्रै सहि देखाएको र बाँकी ९० प्रतिशत नतिजा गलत देखाएको भन्दै आरडीटी प्रयोगमा बन्द गरेको बताएका थिए ।

सवाइमानसिंह अस्पतालका विज्ञहरूको टोलीले र्‍यापिड किटले जाँचेको नतिजा कति सही हुन्छ भनेर अध्ययन गरेको थियो।

अध्ययनका क्रममा पहिला नै पिसिआर मेसिनले कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको व्यक्तिलाई पनि आरडीटीले नेगेटिभ देखाएको थियो।

गत शुक्रबारदेखि र्‍यापिड टेस्ट थालिएको राजस्थानमा मंगलबारदेखि परिक्षण बन्द गरेको छ ।

कोरोनाभाइरसको संक्रमण देखिएका व्यक्तिमा आरडीटीबाट चेक गर्दा पनि नेगेटिभ नतिजा आएपछि भारतभर यसलाई प्रयोग नगर्ने निर्णय गरेको आईसीएमआरले जनाएका थिए ।

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij