अलपत्रलाई बुटवलमा बसको व्यवस्था

अलपत्रलाई बुटवलमा बसको व्यवस्था

बुटवल । बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिंड्न पनि रोक लगाएपछि सडकमा यात्रुहरु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्री समेत देखिन छाडेका हुन् ।

यसअघि साँझ र बिहानको समयमा मानिसहरुको बढी चहलपहल हुने गरेको भन्दै बुटवल उपमहानगरपालिकाको आलोचना हुने गरेको थियो । अलपत्र यात्रुलाई गन्तव्यसम्म पु¥याउनका लागि बुटवल धागो कारखाना अगाडि र पाल्पाको सिद्धबाबामा बस तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाले विगत चारदिनयता यसरस्ी अलत्रि परेका १३ सय व्यक्तिहरुलाई खाना खुवाइसकेको छ । नेकपा बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले लकडाउनका बेला खान नपाएर कोही पनि भोकै बस्नु नपर्ने भन्दै यसका लागि पार्टीले पनि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताए ।

बुटवल उपमहानगरपालिकाले कोरियन टेक्निकल इन्स्टिच्यूट परिसरमा अलपत्र परेका यात्रुहरुका लागि खानाको प्रवन्ध गरेको यसका लागि पार्टीले समन्वय गरिरहेको पनि उनले बताए । लकडाउनका बेला अत्यावश्यक कामबिना घरबाहिर ननिस्कन पनि उनले नगरबासीलाई आग्रह गरे ।

मर्निङ र इभिनिङ वाकको निहुँमा भिडभाड हुने गरेको हुदा बुटवल उपमहानगरपालिकाले बिहान ८ बजेभन्दा पहिले र बेलुका ५ बजेपछि घरबाट ननिस्कन अनुरोध गरेको छ । साथै दैनिक अत्यावश्यक समान मात्र बिहान ८ देखि बेलुका ५ बजेसम्म खरिद बिक्री गर्न दिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij