तिलोत्तमा -तिलोत्तमा नगरपालिका रूपन्देहीको विपत् व्यवस्थापन कोषको सहयोगार्थ गौशालामा रहेका गाईहरूका लागि साइलेज (पौष्टिक आहार÷मकैको गुन्द्रुक) वितरण कार्यक्रम आज (बुधबार) सम्पन्न भएको छ ।
नगरको वार्डनम्बर –०९ मा सञ्चालित उत्तम साइलेज उद्योगले तिलोत्तमास्थित इस्कोन गौशालामा २० क्विण्टल साइलेज वितरण गरको उद्योगका सञ्चालक अर्जुन पाण्डेले जानकारी दिनुभयो ।
गौशाला प्राङ्गणमा आज (बुधबार) आयोजित एक कार्यक्रमबीच प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य बिकाश निर्देशनालयका प्रमुख तुलसी भण्डारीले साइलेज हस्तान्तरण गर्दै विपत्का राहतले उद्योगसँगै दान र कल्याणको काम भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।
इस्कोनका स्थानीय प्रमुख रत्न गुरूको अध्यक्षतामा भएको कार्यक्रममा उत्तम साइलेजका सञ्चालक एवम् दाता भेषराज पाण्डेयले विपत्ले मानवसँगै पशुहरू पनि समस्यामा परेकाले अशक्त, विमारी, सुत्केरी तथा वृद्ध गाईहरूका लागि (करीब ३५ हजार बजार मूल्यको) साइलेज प्रदान गरिएको बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, बैशाख १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्