काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार हुनुभएको छ ।नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । यसबारेमा आफुले कानुनी छलफल समेत थालेको ओलीले प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।
पार्टी फुटाउन चाहिने सांसद र केन्द्रीय समितिको सङ्ख्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्रै र बाहिरबाटसमेत चौतर्फी आलोचना भैरहेको छ । यसबारमा तत्काल स्थायी कमिटिको बैठक बोलाउन पनि प्रधानमन्त्री ओलीलाई दबाब परेको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्