प्रदेश ५ प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य

प्रदेश ५ प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य

बुटवल ।
प्रदेश ५ प्रदेशसभाको पाँचौ अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ ।प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा सचिवालयले विज्ञप्ति प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि जारी पाँचौं अधिवेशन अन्त्य भएको जनाएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको अधिवेशन अन्त्य भएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको बताए ।

प्रदेश सभाको अन्तिम बैठक गत चैत ५ गते बसेको थियो । त्यस बैठकमा चैत १५ गते अर्को बैठक बस्ने सूचना जारी गरिए पनि कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि लकडाउन भएपछि सूचना जारी गर्दै बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij